गोबिन्द राज ओझा (राजन) , ४०२ पटक हेरिएको
डोटी, कार्तिक ४
मेरो मायालुको मनमा के छ किन बोल्दिनौ
मेरो हातबाट के गल्ति भयो किन फर्केर हेर्दिनौ
केहि कुरा भन्छु मैले रिसानि हुदैन भने
सानो सानो कुरामा चित्त दुखाउदैनौ भने
सबै कुरा सोधे मैले दिलबाट विश्वास गरि
तिम्रो मन दुख्छ होला गालि मात्र गरे पछि
सबै कुरा मिलाउने मानिसको व्यवहार हुन्छ
तिमि नजिक आएर बसे तिमि सँग कुराकानि हुन्छ
तिम्रो दिलमा ठाउँ देउ मायाले भर्नु पर्ने छ
सुन्दर रुप तिम्रो मेरो आँखामा बसेको हुन्छ
मैले सबै कुरा अहिले नै तिमि सँग गर्नुपर्छ
गल्ति त गरे होला तिमिले मलाई माफि दिनुपर्छ
नाम – गोबिन्द राज ओझा (राजन)
ठेगाना : सिलगढी न.पा.२ दिपायल डोटी
प्रकाशित मिति: २०२२-१०-२१ , समय : १७:१४:५१ , २ वर्ष अगाडि