रुपन्देही खबर , २८८ पटक हेरिएको
बुटवल, कार्तिक ६
पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले अब पत्रकारितामा शुद्धीकरणको आवश्यकता रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीको आईतबार बुटवलमा भएको साधरण सभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले पत्रकार महासंघले सदस्यता शुद्धिकरणका लागि निर्देशन जारी गरेको बताउनु भएको छ । उहाले पत्रकारिता पेशा छाडेका, बिस्थापित भएका र अन्य पेशामा गइसकेकाहरुलाई बिदाई गर्न सुरु गर्न महासंघले निर्देशन जारी गरि सकेको बताउनु भयो । अध्यक्ष पोखरेलले निर्वाचन नजिकै आइसकेकाले पत्रकारिताको आलोचनात्मक चेतलाई मर्न नदिन आग्रह गर्नु भयो । उहाले राजनीतिक दलहरुले पत्रकारहरुलाई प्रयोग गर्ने भएकाले तटस्थाको चिरहरण हुन नदिन सचेत हुनुपर्नेमा जोड दिनु भएको छ ।
उहाले पत्रकारहरुलाई आत्मसमिक्षा गर्दै करेक्सन गर्दै अघि बढ्न समेत आग्रह गर्नु भएको छ। पछिल्लो समय लगानीको नाममा मिडिया कन्टेन्टलाई परास्त गर्न थालिएको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा पत्रकारिताको अध्ययनका लागि बुटवल उपमहानगरले सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । उहाले बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमा पत्रकारिताको गुणस्तर वृद्धि गर्नको लागि कामहरु गरिरहेको बताउदै आवश्यक छलफल गर्न तयार रहेको बताउनु भएको छ । पत्रकारिता भित्रको मर्म र धर्म भित्र रहेर बिना पुर्वाग्रह समाचार प्रकाशन गर्न समेत उहाले आग्रह गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लोकतन्त्र र मिडिया एक अर्काका परिपुरक भएकाले सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भएको छ ।
सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खानले पत्रकारहरुले देश बिकासमा पत्रकारको भुमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्य समाचार निडरताको साथ प्रकाशन गर्न आग्रह गर्नु भएको छ ।
साधरणसभाको उद्घाटनसत्रमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत पाण्डेले पत्रकारिता क्षेत्रको बिकासको लागि स्थानिय प्रशासन साथमा रहेको बताउनु भएको छ। पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले समाजले गरेको प्रश्नको जवाफ दिनेगरी काम गर्न पत्रकारलाई आग्रह गर्नु भएको छ। उहाले निर्वाचनको समयमा राजनीतिक दलले प्रयोग गर्न खोज्ने भएपनी पत्रकारितालाई जिवन्त राख्नुपर्नेमा जोड दिनु भएको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्काले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनु भएको छ । पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईंले महासंघ सबै पत्रकारलाई जोड्ने सस्था रहेको बताउँदै नयां पुस्ताको क्षमता अभिबृद्धीमा ध्यान दिन आग्रह गर्नु भएको छ ।
महासंघका पूर्व अध्यक्ष दिपक ज्ञवालीले काठमाडौ बाहिर रुपन्देहीका पत्रकार अब्बल रहेको बताउदै नयाँ जनशक्तिको क्षमता अभिबृद्धीमा ध्यान दिन आग्रह गर्नु भएको छ। त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसिले समयानुकूल पत्रकारिताको राशी वृद्धि गर्नको लागि पहल गर्नुपर्ने उल्लेख गर्नु भएको छ । उहाले महासंघले पुरस्कारको साथ साथै पत्रकारहरुको क्षमता बिकास, स्थायीत्व र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नु भएको छ ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले सञ्चार क्षेत्रले स्वतन्त्रताको नेतृत्व गरेको बताउदै नागरिक आन्दोलनको प्रतिनिधि गर्ने क्षेत्रलाई मजबुद बनाउनुपर्नेमा जोड दिनु भएको छ । अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरुले आफ्नो आचरण पनि परिवर्तन गर्नुपर्ने उल्लेख गर्नु भएको छ ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसि, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्षहरु विश्वास ढकाल, अमृता अनमोल लगायतले बोल्नु भएको थियो ।
उद्घाटन सत्रपछिको बन्दसत्रले सचिव बिनोद परियारको सांगठनिक र कोषाध्यक्ष सञ्जय सौगातको आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै साधरणसभाले १२ बुदे प्रस्ताव समेत पारित गरेको छ । सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने, पत्रकार र सञ्चार संस्था र समग्र सचार क्षेत्रको सबलीकरण, दुर्घना बिमा, पत्रकारिता अध्ययनका लागि पहल गर्ने जस्ता बिषयहरु साधरणसभाले पारित गरेको छ । अमृता अनमोल, रेखा भुसाल र सरु राना रहेको ३ सदस्यीय प्रस्ताव लेखन समितिले सभामा प्रस्ताव पेश गरेका थिए ।
प्रकाशित मिति: २०२२-१०-२३ , समय : २१:५०:०५ , २ वर्ष अगाडि