पश्चिम नवलपरासीमा डुंङ्गा पल्टिँदा तीनको मृत्यु, दुई जना घाइते

सुरेश यादव , १०७१  पटक हेरिएको

नवलपरासी, कार्तिक १५

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ गोकुल नगरको नरसहिया स्थित वनभोज खान गएका युवाहरु सवार डुङ्गा पल्टिदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

स्थानिय खोला पार गर्ने क्रममा डुङ्गा पल्टिएको थियो भने मृत्यु हुनेहरुमा १८ वर्षिय निरज हरिजन , १८ वर्षिय रन्जित गुप्ता र २२ वर्षिय गुडु हरिजन रहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेज राज पाण्डेले जानकारी दिनुभयाे ।

त्यस्तै किसोर हरिजन , सोहित मल्लाह घाइते भएका छ्न । सोमबार साझ बनभोज खाएर फर्किने क्रममा नारायणी नदीको घुमरीमा परेर
डुङ्गा पल्टिएको थियो ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : ०९:२२:०५ , २ वर्ष अगाडि