नेपाल सांस्कृतिक संघ पश्चिम नवलपरासीकाे जिल्ला कार्य समिति गठन

पप्पु रेग्मी , २७०  पटक हेरिएको

नवलपरासी, कार्तिक १५

नेपाल सांस्कृतिक संघ जिल्ला कार्य समिति पश्चिम नवलपरासीकाे जिल्ला कार्य समिति गठन गरिएको छ। बर्दघाट ७ जिमिरेभारमा सम्पन्न भएको भेलाले बसन्त रेग्मीकाे सभापतित्वमा १६ सदस्यीय जिल्ला कार्य समितिकाे चयन गरेकाे छ ।

जसकाे बरिष्ठ उपस‌भापतिमा तीर्थ सापकोटा, उपसभापति भूपराज न्यौपाने, सचिव याम प्रसाद सापकोटा, कोषाध्यक्ष भीमा सरी भण्डारी, सह-सचिव चन्द्र प्रसाद ढकाल सदस्यहरूमा दुर्गा सापकोटा, मनीषा तिवारी, गीता सापकोटा, भक्त थापा (कामु ), पप्पु रेग्मी, सिता गाैडेल, ईन्द्र ढकाल, बल बहादुर थापा, छविलाल भण्डारी र ल्याकत अली रहेका छन ।

नेपाल सांस्कृतिक संघकाे भेला साविक नवलपरासी जिल्लाका सभापति गंगा बहादुर पाण्डेकाे अध्यक्षता एवंम नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिनाेद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : १५:५२:२४ , २ वर्ष अगाडि