रुपन्देही खबर , ३११ पटक हेरिएको
चितवन, कार्तिक २०
चितवनमा अहिलेसम्म १७ सय भन्दा बढी नागरिक डेँगुबाट प्रभावित भएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउन १ गतेदेखि अहिलेसम्म एक हजार ७६३ जना संक्रमित भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार चितवनमा डेँगु परीक्षण गराएका मध्येबाट अन्य जिल्लाबाट आएर परीक्षण गराउने ५ सय ४५ जना संक्रमित भएका छन् भने ठेगाना नखुलेका २७० जना रहेका छन् । सबै तथ्यांकलाई हेर्दा अहिलेसम्म दुई हजार ५७८ जना संक्रमित भएका छन् भने अहिलेसम्म पाँच जनाको मृत्यु भएको देखिन्छ ।
चितवनमा अहिलेसम्म १० हजार २४० जनाको डेँगु परीक्षण गरिएको छ । संक्रमित भएका मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १२ सय जना, खैरहनी नगरपालिकाका १४७ जना, माडी नगरपालिकाका ३५ जना, रत्ननगर नगरपालिकाका २३६ जना, राप्तीको ९२ जना, कालिकाको ४२ जना इच्छाकामना गाउँपालिकाका ११ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उपलब्ध छ ।
प्रकाशित मिति: २०२२-११-०६ , समय : १८:००:२२ , २ वर्ष अगाडि