रुपन्देहीको देवदहमा श्रीमान श्रीमती मृत अवस्थामा फेला

रुपन्देही खबर , ४६१  पटक हेरिएको

देवदह, कार्तिक २१

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

आफ्नै घरमा भित्र चुकुल लागेको अवस्थामा उनिहरुको सव फेला परेको हो । कतारबाट छुट्टि आएका ३६ वर्षिय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती अन्दाजी ३५ वर्षिय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको  शव पंखामा झुण्डिएको अवस्थामा रहेको देखिएकोले श्रीमानले श्रीमतीको हत्या गरि आँफुले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

अहिले घटनास्थलमा स्थानीयहरुको भिड लागेको छ । देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुका अनुसार इलाका प्रहरी कार्यालय बुटवलको टोली आएपछी मात्र ढोका खोलेर अनुसन्धान  प्रक्रिया अगाडि बढाइने छ । देवदह टिभि

प्रकाशित मिति: २०२२-११-०७ , समय : १०:०६:४४ , १ वर्ष अगाडि