आयुर्वेद कार्यालयकाे वार्षिक समन्वयात्मक समिक्षा याेजना तर्जुमा गाेष्ठी सम्पन्न

उत्तम कुमार थापा , २९२  पटक हेरिएको

बझाङ, कार्तिक २२

जिल्ला आयुर्वेद कार्यालय बझाङले वार्षिक समन्वयात्मक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी सम्पन्न गरेको छ ।

केदारस्यु गाउँपालीकाकाे झाेतामा सोमबार जिल्ला आयुर्वेद कार्यालयले समिक्षा गाेष्ठी गरेको हाे । कार्यालयले विभिन्न स्थानीयतहमा सेवा दिदै आएका कर्मचारीहरुले कसरी कहाँ के के सेवा दिदै आएका छन । बर्षभरी दिएको सेवा प्रभावकारी भएको र अझै जनसमुदायको सेवामा आयुर्वेद कार्यालय लागसपर्ने भन्दै समन्वय गाेष्ठी राखेको जिल्ला आयुर्वेद कार्यालय बझाङका बरिस्ठ वैद्य तथा सुचना अधिकारी मिनराज पुरीले बताउनु भएको छ ।

झाेतामा भएको कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालयका निमित्त कार्यालय प्रमुख गणेश यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला भरिका आयुर्वेद सेवा दिदै आएका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बरिस्ठ वैद्य कृष्ण कठायतले स्वागत मन्तव्य राख्नु भएको थियाे । कार्यालय बाट हुने सेवा सुविधा बारे जानकारी गराउन र आगामी दिनमा कसरी सेवा दिन सकिन्छ भन्ने बिषयमा गहन छलफल भएको थियाे । गाेष्ठीमा छविस पाथिभरा गाउँपालीका ब्यासी आयुर्वेद औषधालयका प्रमुख सञ्जय यादवले विभिन्न सेवा दिएको छाै । नागरिक उत्साहित भएको छन । विभिन्न महिला स्वयंसेविकालाई तालिम दिएकाे र ब्यावसायिक तालिम पनि दिएकाे उहाँको भनाइ छ । कार्यक्रम सञ्चालन बरिस्ठ वैद्य मिनराज पुरीले गर्नु भएको थियाे । कार्यक्रममा बित्थडचिर, केदारस्युकाे रायल दुर्गाथली मष्टा ,तलकाेट छान्नाका आयुर्वेद औषधालयका प्रमुखको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२२-११-०८ , समय : १८:१९:३४ , १ वर्ष अगाडि