नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कप्तानमा पौडेल नियुक्त

रुपन्देही खबर , ४३३  पटक हेरिएको

काठमाडौं , कार्तिक २५

नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ ।

सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

यसअघि सन्दीप लिग खेल्न गएको समयमा पनि रोहितले कप्तानीको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति: २०२२-११-११ , समय : २१:४२:२३ , २ वर्ष अगाडि