जनताकाे सेवक बनेर काम गर्न चाहन्छु : नेता लामिछाने

धनी राम काेरी , २८१  पटक हेरिएको

महाराजगन्ज, कार्तिक २९

यहि मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं २ (क) नेकपा एमाले बाट प्रदेश सभा सदस्य पदका उमेदवार नवराज लामिछानेले जनताको सेवक बनेर काम गर्न चाहेको बताउनु भएको छ ।

महाराजगन्ज नगरपालिका वडा नं १० हरदाैनामा नेकपा एमालेकाे काेण सभामा बाेल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार लामिछानेले शिक्षा, स्वास्थ्य , खानेपानी, कृषि र यातायात लगायतको क्षेत्रमा जितेपछि काम गर्ने बताउनुभएको छ।

नेकपा एमाले पार्टीले गरेको कामकाे आधारमा सर्वसाधारण जनताले भाेट दिएर विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२२-११-१५ , समय : २१:५०:४१ , २ वर्ष अगाडि