रुपन्देही क्रिकेट संघको समर्थन बालकृष्ण खाणलाई

रुपन्देही खबर , २४२  पटक हेरिएको

भैरहवा, मंसिर १

रुपन्देही क्रिकेट संघले रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गर्ने घोषणा गरेको छ । बिहीबार भैरहवामा आयोजित कार्यक्रममा संघका अध्यक्ष हरि थापाले संघ र संघमा आवद्ध संघसंस्थाले निर्वाचनमा प्रतिनिधि सभामा खाणलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।

अध्यक्ष थापाले रुपन्देहीमा क्रिकेट र समग्र खेलकुुदको विकासमा पुर्याएको योगदानको कदर गर्दै खाणलाई समर्थन गर्ने निर्णय गरेको बताउनुुभयो । गृहमन्त्री खाणले क्रिकेट खेल हुँदा आवश्यक पर्ने सुरक्षा र भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न सदैव तयार रहेको बताउनभयो ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : २३:१६:२० , १ वर्ष अगाडि