नेपालले टस जितेर फिल्डिङ रोज्यो

रुपन्देही खबर , २४९  पटक हेरिएको

काठमाडौं, मंसिर २

युएई संगको तीन खेल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवी क्रिकेट मैदानमा नेपालले यूएईसँग एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईमाथि ३ विकेटको जित हात पारेको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।

नेपालका लागि आजको खेलमा करण केसी बेन्चमा छन् भने हरिशंकर शाहले तेस्रो खेलमा पुनः एक पटक मौका पाएका छन् ।

नेपालको प्लेइङ ११

रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सोमपाल कामी, गुल्सन झा, ललित राजवंशी, हरिशंकर शाह, अर्जुन साउद, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी ।

यूएईको प्लेइङ ११

मोहम्मद वसिम, वृत अरविन्द, सिपि रिज्वान, वसिल हमिद, रोहन मुस्तफा, आयान खान, अहमिज राजा, जाहोर खान, अलिसान सराफू, हजरत विलाल, विष्णु सुकुमान ।

प्रकाशित मिति: २०२२-११-१८ , समय : ०९:१४:११ , २ वर्ष अगाडि