रुपन्देही क्षेत्रनम्बर ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला भारी मतले विजयी

रुपन्देही खबर , ५५१  पटक हेरिएको

भैरहवा , मंसिर ७

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला २८ हजार मत ल्याई विजयी हुनु भएको छ । कुल खसेको ७६ हजार ६ सय ७५ मत मध्ये शुक्लाले २८ हजार मत प्राप्त गर्नु भएको छ । शुक्लाले उहाको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रमोद कुमार यादवलाइ ५ हजार दुइ सय ९६ मतान्तरले पराजित गर्नु भएको हो ।

यादवले २२ हजार ७ सय ४ मत प्राप्त गर्नु भएको छ भने जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत प्राप्त गर्नु भएको रूपन्देही क्षेत्र नंम्बर ४ को निर्वाचन कार्यालयले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिनु भएको प्रमोद कुमार यादवले शुक्लालाई पराजित गर्नु भएको थियो भने अहिले शुक्लाले यादवलाई पराजित गर्नु भएको हो ।

प्रकाशित मिति: २०२२-११-२३ , समय : १९:४२:१३ , १ वर्ष अगाडि