नवलपरासीमा रासायीनक मल बितरण प्रकृया अघि बढाईयो

पुरुषाेत्तम सुबेदी , ४२८  पटक हेरिएको

नवलपरासी, मङ्सिर २१

नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत प्राप्त रासायनिक मल ( युरिया ) बितरण प्रकृया अघि बढाईएको छ । लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत जिल्लामा प्राप्त कुल ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकाको आवश्यकतालाई मध्यनजर गर्दै बितवरण प्रकृया अघि बढाईएको हो ।

सो अन्तर्गत जिल्लामा प्राप्त भएको रासायनिक मल जिल्लाका सवै पालिकामा कोटा निर्धारण गरी बितवरण प्रकृया अघि बढाईएको कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।

प्राप्त मल रामग्राम नगरपालिका, सुनवल नगरपालिका, सरावल गाउंपालिका ,बर्दघाट नगरपालिका, पाल्हीनन्दन गाउंपालिका , प्रतापपुर गाउंपालिका र सुस्ता गाउंपालिका किसानहरुलाई बितरण गरिने छ । मल लिनका लागी पालिकामा पत्राचार भएकाले अब तत्कालै पालिकाबाटै रासायनीक मल वितरण गरिने प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो ।

मल वितरण प्रकृया पुर्ण रुपमा पारदर्शी गरी प्राथमिकताका आधारमा किसानलाई पालिका स्तरका सहकारी संस्था मार्फत तत्कालै बितरण गरीने सरावल गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।

नवलपरासी निर्वाचन क्षेत्र १ बाट निर्वार्चित संघीय बिनोद सांसद चौधरीले प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत नवलपरासीका किसानलाई लक्षित गरी रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-१२-०७ , समय : १२:४४:२८ , १ वर्ष अगाडि