पश्चिम नवलपरासीको सरावलबाट ३४ लाख बराबरको चिनी बरामद

कल्पना खरेल , ३९३  पटक हेरिएको

नवलपरासी ,मंसिर २६

पश्चिम नवलपरासीको सरावलबाट प्रहरीले पिकअप सहित ठुलो मात्रामा चिनि बरामद गरेको छ । सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटरबाट खटिएको टोलीले भारतबाट भन्सार छलि ल्याउँदै गरेको २ वटा पिकअप सहित ३४ लाख दुई हजार मुल्य बराबरको चिनि बरामद गरेको जनाएको छ ।

बरामद गरिएको ३४ लाख मुल्य बराबरको चिनि र पिकअपलाई आवश्यक कारवाहीका लागि बेलहिया भन्सार कार्यालय रुपन्देही पठाईएको प्रहरीेले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : १६:२१:२७ , २ वर्ष अगाडि