कृष्णनगरमा नागरिकको सहजताका लागि वडा तहमै घुम्ती शिविर

रुपन्देही खबर , २६७  पटक हेरिएको

कृष्णनगर, मंसिर २६

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा आज वडा नं १२ को वडा कार्यालय बाट सेवा प्रवाहका लागि एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ संचालन गरिएको उक्त शिविर बाट स्वास्थ्य सेवा, अपाङ्गता परिचय पत्र वितरण, कृषि सेवा लगायत नगरपालिकाकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु घुम्ती शिविरबाट प्रवाह गरिएको कृष्णनगर नगरपालिकाले जानकारी दिएको छ ।

वडा बाट नगरपालिकाका कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गांउमै सेवा प्रवाह गरि आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गरिएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनु भएको छ । कृष्णनगर नगरपालिकाको १२ वटै वाडहरूमा सेवा प्रवाह घुम्ती शिविर संचालन हुने कृष्णनगर नगरपालिकाको प्रशासन शाखा प्रमुख राजेश मिश्रले जानकारी दिनु भएकोमा छ ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : १७:२२:४६ , २ वर्ष अगाडि