रुपन्देही नागरिक समाज सिद्धार्थनगर कमिटीकाे अध्यक्षमा शाही निर्वाचित

महेश गुप्ता , २९४  पटक हेरिएको

भैरहवा , पुस ७

रुपन्देही नागरिक समाज सिद्धार्थनगर कमिटिको अध्यक्षमा राजा प्रताब शाही निर्बिरोध निर्वाचित हुनुभएको छ । रुपन्देही नागरिक समाजको साधारण सभा तथा पहिलो अधिवेसनबाट शाही अध्यक्षमा निर्वाचित हुनु भएको रुपन्देही नागरिक समाज सिद्धार्थनगर कमिटिको निवर्तमान अध्यक्ष अमित गुप्ताले जानकारी दिनु भएको छ ।

अधिवेसनबाट नागरिक समाज नगरकमीटीको उपाध्यक्षमा बासु प्रधान, सचिवमा केशव अधिकारी, सहसचिवमा रञ्जु शर्मा, कोषाध्यक्षमा उमेश आर्चाय, सह—कोषाध्यक्षमा डा. अनिल कुमार शर्मा, सदस्यहरु माला प्रधान, नेहा क्षेत्री, भुपेन्द्र थापा मगर, तुल्सीराम भट्ठराई, सौरभ चौधरी निर्बिरोध निर्वाचित हुनुभएको छ ।

निवर्तमान नगरअध्यक्ष अमित कुमार गुप्ता, रुपन्दही नागरिक समाजका जिल्ला उपाध्यक्ष चन्द्र रोक्का, शारदा पोखरेल र जिल्ला महासचिव दिपक कुमार के.सी.लाई सल्लाहकारमा चयन गरिएको छ ।

भैरहवामा सम्पन्न भएको नागरिक समाजको साधारण सभा तथा पहिलो अधिवेसनका प्रमुख अथिति क्याप्टेन रेशम के.सी.ले निर्वाचित कार्यसमितिलाई खादा र टिकाबाट सम्मान गर्नुभएको थियो । अमित गुप्ताको अध्यक्षता तथा जिल्ला सचिव तुल्सा शर्माको स्वागत र चन्द्र रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा रुपन्देही नागरिक समाजका जिल्ला अध्यक्ष पुर्व प्रहरी उपरिक्षक (एस.पी.) इश्वरी प्रसाद चापागाई, जिल्ला सहउपाध्यक्ष श्रीराम गुप्ता,उपाध्यक्षहरु शारदा पोखरेल, रामकृष्ण हमाल, महासचिव दिपक के.सी., सचिव तुल्सा शर्मा, कोषाध्यक्ष इशा खड्का लगायतको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति: २०२२-१२-२२ , समय : १६:५३:२४ , १२ महिना अगाडि