कविता : महिनावारी

सुस्मिता उपाध्याय , ४८५  पटक हेरिएको

भैरहवा ,पुस ८

कति गाह्रो हुन्छ जब कुनै नारी महिनावारी हुन्छ,
पेट सारै दुख्यो भनि, छट्पटेर रुन्छ।
रगत पोत्तेलाकी मन मा डर छ,
घरको कामकाज एक्लै कसरी गर्छ।

उसको दुख बुझेर, उसलाई अराम गर्न लाइन्छ
समय बित्दै जादा उसको अवस्थालाइ दोषी ठहराइन्छ ।

भान्छा कोठामा नजाने रे, पुजा त झन गर्नै नहुने
पाप लागला नि फेरी ठूला बडा लिग न छुने।

मान्छेले मान्छेका कुरा बुझनु पर्ने हुन्छ,
तर महिनावारी प्रतीको अन्धविश्वासले मेरो मन सारै रून्छ।

सारै कठोर यी सामाजिक प्राणी छौपडी प्रथा लाउन्छन् ,
जसका कारण कतियौ नारीले ज्यान गुमाउन्छन्।

नौ दुर्गाको रूप मानि पुजीन्छे यै समाजमा नारी,
फेरी किन अपबीत्र हुन्छ उ जब आउन्छ महिनावारी।

प्रश्नका भन्डार थुप्रीएछन् मेरा मनमा,
किन अन्धविश्वासमा लाग्दै आएका हामी यो एक्काइसौ सनमानमा ।

महिनावारी हुनु गर्भको कुरो हो पाप होइन
महिनावारी बिना मानव जीवन सम्भव नै छैन

यस्ता अन्धविश्वासलाई हटाउने हामी सबको जम्मेवारी,
प्राकृतिक नियम महिनावारीलाई आदर सहित सीवरी

प्रकाशित मिति: २०२२-१२-२३ , समय : २२:४२:३३ , १ वर्ष अगाडि