कपिलवस्तुको विजयनगर गाउंपालिका हुँदै खसी तस्करी बढयो

प्रिन्स मिश्रा , ३६१  पटक हेरिएको

कपिलवस्तु , पुस १९

बर्षाैंदेखि कृष्णनगर भन्सार नाकाबाट खसी पैठारी नभएपनि विजयनगर गाउंपालिका हुँदै व्यापक खसी तस्करी भईरहेकाे छ । भारतबाट तस्करी भई आउने खसी बाख्रा विजयनगर गाउंपालिकाकाे भारतसंग जाेडिएका बाटाे ठुलाेमात्रामा हुँदै नेपाल भित्रिदै गरेकाे स्राेतले जनाएकाे छ । भन्सार नाकाबाट पैठारी नभएपछि कृष्णनगर भन्सार कार्यालयकाे लक्ष्यसमेत घट्दै गएकाे छ । विजयनगर गाउंपालिकाकाे डालपुर , नाैरंगिया, कठुवा लगायतका क्षेत्र भारतकाे बलरामपुर जिल्लासंग जाेडिएका छन ।

तस्करहरुले सुरक्षा तन्त्रलाई झुक्याई खुद्रा रुपमा खसी डालपुर मै संकलन गर्ने र पुन : डाेर्याएर सुन्दरीडाडामा ट्रकमा लाेड भई शिवराज नगरपालिकाकाे खसी बजारसम्म पुर्याउने गरेका छन । केहीदिन पहिला गाउंपालिका कै वडाध्यक्षहरुले स्थानीय उत्पादन भनी तस्करीका खसीहरु निकासीकाे सिफारिस समेत गरेका थिए जुन अहिलेपनि निरन्तर रहेकाे छ । तस्करहरुले फर्जी बिक्रि केन्द्र दर्ता गराइ त्यसैकाे पान बिल मै लाखाैंलाखकाे पशुजन्य बस्तु बिक्रि वितरण गरिरहेका छन । कृष्णनगरमा रहेकाे पशुक्वारेनटाइन जांचकेन्द्र बर्षाेंदेखि खुलेकै छैन तर पनि दैनिक ट्रकैट्रक खसी महेन्द्र राजमार्ग हुदै ओसारपसार हुन्छन ।

खसी बाख्रा ओसारपसारमा पशु शाखा र भेटेनरी डाक्टर समेतले स्थानीय उत्पादन हाे भनी प्रमाणित गरि पठाउदै आएकाे तथ्य भेटिएको छ । गाेप्य सुचनाका आधारमा कृष्णनगर भन्सार टाेलीले केहीदिन पहिला ट्रकसहित खसी सुन्दरी डांडामा नियन्त्रणमा लिएकाे थियाे तर तस्करहरुकाे उच्च मनाेबलले गर्दा प्रहरी र भन्सारका कर्मचारी समेत निरीह भई फर्कनु परेकाे भन्सारका एक कर्मचारीले बताएका छन । त्याे घटनाभन्दा पहिला कृष्णनगर भन्सार कार्यालयकाे टाेलीले नै ट्रकसहित १४५ गाेटा खसी नियन्त्रणमा लिएकाे थियाे ।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : २०:५८:०८ , २ वर्ष अगाडि