मिर्जा राशिदले गरे खेलाडीहरूलाई बिदाई

अजय मिश्र , २७४  पटक हेरिएको

कृष्णनगर, पुस १९

कपिलवस्तु जिल्लाबाट कराते प्रतियोगितामा भाग लिन भारतको आसाम जान लागेका खेलाडी हरूलाई मिर्जा राशिदले सफलताको शुभकामना सहित बिदाई गरेका छन् ।

रामु सुनार नेतृत्वको टोली भारतको आसाममा कराते प्रतियोगितामा भाग लिन जाने क्रममा कृष्णनगरको लिंकगेट स्थितमा सहभागी हुन लागेका सम्पूर्ण खेलाडीहरूको मनोबल उच्च बनाउन खेलाडी हरूलाई खादामाला लगाई स सम्मान बिदाई गरिएको छ ।

कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मी नगर बस्ने कपिलवस्तु ३(२) प्रदेश सभा सदस्य उमेदवार युवा हरूको मनको ढुकढुकी मिर्जा राशिद बेगले खेलाडी हरू देशको नाम उच्च पार्ने सिपाही रहेको बताउदै खेलले व्यक्तिमा शारीरिक, मांसिक क्षमताको विकास गराई व्यक्तिमा सामुहिक भावनाको विकास समेत गराउने बताए l

प्रकाशित मिति: २०२३-०१-०३ , समय : २१:२३:४३ , १ वर्ष अगाडि