शिवनन्दन जयसवाल , ४२२ पटक हेरिएको
श्रद्धान्जली
भैरहवा, माघ २
सङ्क्रान्तिकाे दिन एघार बजेको थियाे
यति एयर विमान एक्कासी लडेको थियो
काठमाडौंदेखि पोखरा दस बत्तिसमा उडेको
एटीआर बहत्तर हजूर पोर्ट नजिकै नि लडेको
दुई हजार उन्नासीकाे माघ एक गते थियाे
लडेर बिमान केवल खरानी बनेको थियो
खोंचमा ठोकिएर बिमान क्षति ग्रस्त भयाे
सधैंका लागि ती जीवन सबै अस्त भयाे
अड्साठि जना यात्रु त्यसमा सवार थिए
सबैभित्र सपना उत्साह र बहार थिए
नियन्त्रणभन्दा बाहिर गयो त्यो विमान
चार जना चालकको लाग्यो त्यो विज्ञान
सोचेका थिएनन् होला यस्तो हादशा
सबैका ज्यान गए भयाे कति दुर्दशा
सारा योजना जिम्मेवारी पुरै सखाप भो
आफन्तलाई पिडा र चिन्ताको चाप भो
देशको झण्डा झुक्यो शोकाकुल सवै
दृश्य भयावह थियाे मन व्याकुल हुँदै
मधेश रोयो चारैतिर पहाड अनि हिमाल
देशै स्तब्ध बन्यो आज, उठ्यो एक सवाल
शोक सन्त्रिप्त परिवारमा, धैर्य देऊ हे प्रभु
हार्दीक श्रद्धाञ्जली, मृतकमा छ हे प्रभु
अब सरकारले यस्ताे थालोस् है कदम
सुरक्षित आकाश होस् नहोस् है अचम्म
प्रकाशित मिति: २०२३-०१-१६ , समय : ०९:२६:१० , २ वर्ष अगाडि