विदेशी चलचित्रमा कडाई गर्न चलचित्र विकास बोर्डसँग माग

रुपन्देही खबर , ५७७  पटक हेरिएको

काठमाडौं। नेपाली चलचित्रका निर्माताहरुले चलचित्र विकास बोर्डसँग विदेशी चलचित्रमा कडाई गर्न माग गरेका छन्।

हलिउड, बलिउड साथै दक्षिण भारतीय चलचित्रहरुले नेपाली हलहरुमा एकछत्र राज गरिरहेका बेला नेपाली निर्माताहरुले बोर्डसँग यस्तो माग गरेका हुन्।

बोर्डका अध्यक्ष दयाराम दाहाललाई निर्माताहरुले विदेशी चलचित्रमा कडाइ गर्न मागसहित ज्ञापनपत्रु बझाएका छन्।

उनीहरुले विदेशी चलचित्रलाई नेपालमा प्रदर्शन गर्दा कोटा प्रणाली नियम, विदेशी र नेपाली भाषामा डबिङ गरी फिल्म रिलिज गर्ने नीतिगत निर्णय रोक्ने नियम, विदेशी चलचित्रको भन्सार १५ प्रतिशत बनाउनुपर्ने माग गरेका छन्।

निर्माता सोभित बस्नेतका अनुसार विदेशी चलचित्र प्रदर्शनलाई प्राथमिकतामा दिने गरी चलाइएका हलको छुट पनि खारेज गर्न माग गरिएको छ।

प्रकाशित मिति: २०२२-०४-११ , समय : १४:०१:१२ , ३ वर्ष अगाडि