गर्भवती तथा सुत्केरी महिलाहरूलाई पाैष्टिक आहार बितरण

रुपन्देही खबर , ५०१  पटक हेरिएको

परासी , माघ ४

रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण कार्यक्रम शुरूवात गरेकाे छ ।रामग्राम नगरपालिकाकाे वडान १६ स्थित रहेकाे सुक्राैली स्वास्थ चाैकीबाट नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण कार्यक्रम सुरूवात गरेकाे हाे ।

नगरप्रमुख धनपत यादवले वडा नम्बर १६ मा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण कार्यक्रम शुभारम्भ गर्नु भएको होन। ग्रामिण भेगका धेरै महिलाले गर्भवती भएको बेला र सुत्केरी भएपछि पनि प्रर्याप्त पोषण सहितको खानेकुरा खान नपाउदा बच्चा र आमाको स्वास्थ्यमा असर पर्दै आएकाले नगरपालिकाले पौष्टिक तत्वले भरिपुर्ण आहार निशुल्क वितरण गरेको नगर प्रमुख यादवले बताउनु भयो ।

गर्भवती भएको तिन महिना पुरा भई स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराईरहेका महिला र सुत्केरी भएको ४५ दिन पुरा नभएका आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वितरण गरिएको नगरप्रमुख यादवले जानकारी दिनु भयो ।

६ महिनाकाे अबधि पुग्ने गरी गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण गरिएकाे स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनु भयो ।

पाैष्टिक आहारले बच्चाकाे मानसिक बिकास र हाडडिकाे बिकास, शारीरिक बिकासमा मदत पुग्ने तथा याे आहारले बच्चा र आमालाई कुपाेषित हुनबाट बचाउने हरिजनले बताउनु भयो ।

नवलपरासी सातवटा स्थानिय तहहरू मध्ये रामग्राम नगरपालिकाले जिल्लामा गर्भवती तथा सुत्केरी महिलाहरूलाई निशुल्क पाैष्टिक आहार सहितकाे झाेला बितरण कार्यक्रम संचालन गरेको जनस्वास्थ्य निरीक्षक हरिजनले जानकारी दिनु भयो ।

उहाकाे अनुसार रामग्राम नगरपालिकामा १८ वडा रहेकाे जसमा गर्भवती महिला ६ सय १९ र २सय ७६सुत्केरी महिला गरि कुल ८ सय ९५ जना गर्भवती तथा सुत्केरी महिलाहरू रहेकाे हरिजनले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०१-१८ , समय : १८:५७:२३ , २ वर्ष अगाडि