म कपिलवस्तु बोल्दै छु

युवराज गुप्ता (बैरागी) , २१९  पटक हेरिएको

कपिलवस्तु , माघ ७

कपिल मुनि को भुमी,
गौतम बुद्धको भुमी
मैले यहाँ का मान्छे जन्माए मैले बुद्ध जन्माए,
मैले बुद्द हैन मैले भगवान जन्माए,
मैले भवानी भिक्षु जन्माए
मैले भगवान दास जन्माए,
मैले मेरा कण कणमा गौरव बोकेको छु
मैले मेरा पल पलमा इतिहास बोकेको छु
तर आज म एक उपहासको पात्र बनेर
बिकासको नाउमा खेलवाड बनेको छु,
मैले कैयौ बर्ष पहिलाको आफ्नो इतिहास
सोच्दै गर्दा लाग्छ मैले गुमाएको छु
छातीभरी पसिनाले भिजिएका सङ्गघर्शहरु
यहाँका गल्ली गल्लिमा छरिएका बलिदानहरु,
यहाँका हावा, पानी, माटाे, नदि, ताल
र यहाँका कण कणमा गुन्जिरहेको
परिवर्तनको आवजहरु ।
मलाइ काठमान्डाै, पोखरा बन्नु छैन
म कपिलवस्तु हु, कपिलवस्तु बन्न चाहान्छु,
कपिलवस्तु जहाँ बुद्ध जन्मेका हुन,
जहाँ सन्सारलाई शान्तीको मार्ग देखाएको हुन
मैले मेरा गुमाएका अंस (महेन्द्र गेट )पाउना नसकुला
तर मेरा बचेका अंगको मोल नलागोश,
मैले सन्सारको सबभन्दा ठुलो ज्ञान दिए
मैले प्रकृति दिए, मैले हावा, पानी दिए
मैले विभिन्न गौरव बोकेको तिलौराकोट दिए
कुदान दिए, निगाली दिए, ताम्रेश्वरनाथ दिए,
शिवगढि दिए, बाणगङ्गा दिए, जगदिश्पुर ताल दिए,
पेट पाल्नालाई उर्वर जमिन दिए
बस्नालाइ घर दिए,
तर पाए मात्र उपहाश,अपहेलना,अनिद्रा, भोक,
अशान्ती, आबिश्वाश ,
मेरो बिकाशमा बाधा अवरोध आउदा
मेरा अंग अंगमा जन्जिर लगाएर
अन्धकारको कोठामा थुनिदै गरेको
महसुस गर्छु ।।।
मेरै सन्तानले मेरो बेवास्ता गर्दा
कसैले छातीमा छिनो र हथौड़ाले
पत्थर फोरे जस्तो महसुस गर्छु
मेरा अनुहार स्वारुप सडकहरु कोतल्दै गर्दा
लाग्छ कसैले मेरो सुन्दर मुखारबिन्दुमा
एसिड फल्दै छन।।

लेखक – युवराज गुप्ता (बैरागी)
बुद्धभुमी नगरपालिका -१०,कपिलवस्तु

प्रकाशित मिति: २०२३-०१-२१ , समय : १९:५७:५७ , २ वर्ष अगाडि