धकधइमा जारी मेयरकप क्रिकेट प्रतियोगितामा रोहिणी ५ र ६ सेमिफाइनलमा प्रबेश

रुपन्देही खबर , २८१  पटक हेरिएको

भैरहवा, माघ ८

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा जारी मेयर कप–२०७९ क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा रोहिणी ५ सेमिफाइनलमा प्रबेश गरेको छ । आज रोहिणी ३ र ५ बिच भएको पहिलो खेलमा रोहिणी ३ ले टस जितेर पहिलोे बलिंग रोजेको थियो ।

रोहिणी ३ लाई ६६ रनको टारगेट सेमीफाइनलको लागी १३ ओभरमा बनाउन थियो तर रोहिणी ३ ले ९ ओभरमा मात्र ६३ रन बनाउदै अलआउट भएको थियो । यस्तै गरी रोहिणी ५ ले पहिलो ब्याटिंग गर्र्दै ६५ रनमा अलआउट हुदै सेमिफाइनलमा प्रबेश गरेको छ ।

यस्तै गरी आज नै भएको दोस्रो खेलमा रोहिणी ६ ले रोहिणी ४ लाई ९ विकेटले हराउदै सेमिफाइनमा प्रबेश गरेको क्रिकेट प्रतियोगिता संयोजक रुपेश कुर्मीले जानकारी दिनु भएको छ । आज रोहिणी ४ र ६ बिच भएको खेलमा रोहिणी ६ ले टस जितेर पहिलो बलिंग राजेको थियो भने रोहिणी ४ ले पहिलो ब्याटिंग गर्दै ८ ओभरमा ५२ रनमै अलआउट भएको थियो । यस्तै गरी खेलमा रोहिणी ६ ले ५३ रनको टारगेट पछयाउदै १ विकेट गुमाउदै ८ ओभर बनाउदै सेमिफाइनमा प्रबेश गरेको छ ।

यस्तै गरी भोली सोमबार रोहिणी २ र मेयर टिम बिच खेल हुने आयोजकले जनाएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा क्रिकेट प्रतियोगिता जारी छ ।

प्रकाशित मिति: २०२३-०१-२२ , समय : १९:५३:२३ , १ वर्ष अगाडि