गजल

उर्मिला यादव यात्री , ३०३  पटक हेरिएको

भैरहवा, माघ १३

एउटा चोट नपुरीदै अर्काे चोट दिएका छौ ।
निर्दाेष मेरा सन्तानको ज्यान त्यसै लिएका छौ ।।

सम्झाउ म कसरी बुझ तिमी आफैले ।
दुबै तिमी मेरा सन्तान, किन रगत पिएका छौ ।।

सानैदेखि धेरै पिडा सहि तिमलाइ र्हुकाएको ।।
आज मेरा सन्तानलाइ फुटाएर जिएका छौ ।

सराप्नेछ मेरा आसु देशद्रोहि पापी हो ।
खुसी मेरा छिनेर आनन्द लिएका छौ ।।

लडाएर सन्तान मेरा टुक्राउन खोज्यौ देश
रगतका खोला तिमी दिन प्रतिदिन सिएका छौ ।।

लेखक : उर्मिला यादव यात्री
भैरहवा रुपन्देही

प्रकाशित मिति: २०२३-०१-२७ , समय : १२:२३:४२ , १ वर्ष अगाडि