गजल : महिला समानताको कुरा नगर

उर्मिला यादव यात्री , ३७९  पटक हेरिएको

भैरहवा, माघ १५

महिला समानताको कुरा नगर
म त्यहि समाजबाट हेपिएकी नारी
अनेक नियम कानुनले चेपिएकी नारी

घरगोठदेखि भान्सासम्म सबैको जिम्मेवारी मै माथि
छैन मेरो कुनै इच्छा आकान्क्षा नसिबमै लेखिएकी म नारी
अनेक नियम कानुनले चेपिएकी नारी
म त्यहि समाजबाट हेपिएकी नारी

दुइ चार अक्षर पढ्न लेख्न खोज्छु दिदैन समाजले
अघि बढन खोज्दा तानिन्छ खुट्टा
सधै बाटो छेकिएकी म नारि
म त्यहि समाजबाट हेपिएकी नारी

समानता र अधिकारको भो अब कुरा नगर
छोरी भनि गर्भमा नै तुहाइएको
बोझको रुपमा फेकिएकी म नारी
म त्यहि समाजबाट हेपिएकी नारी
अनेक नियम कानुनले चेपिएकी नारी

पुरुषले जे गरेनि हुने ,प्रश्न किन नारी माथि
निर्दोष हुदा पनि कलन्कको रुपमा देखिएकी म नारि
म त्यहि समाजबाट हेपिएकी नारी
अनेक नियम कानुनले चेपिएकी नारी

लेखक : उर्मिला यादव यात्री
भैरहवा रुपन्देही

प्रकाशित मिति: २०२३-०१-२९ , समय : ०८:४१:१७ , २ वर्ष अगाडि