अनेरास्ववियु कपिलवस्तु बहुमुखी क्याम्पसकाे अध्यक्षमा पुनः अब्दुल्लाह मुसलमान

धनी राम काेरी , १६१  पटक हेरिएको

ताैलिहवा , माघ १८

कपिलवस्तु जिल्लाकाे धराेहरका रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटीकाे अध्यक्षमा पुनः अब्दुल्लाह मुसलमान चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा करिश्मा गुप्ता , सचिवमा दुर्गेश कुर्मी , सहसचिवमा गरिमा दुवे , काेषाध्यक्षमा राजेश अग्रहरी लगायत बीस सदस्यीय क्याम्पस कमिटी पुर्नगठन गरिएको छ ।

कार्यक्रममा अनेरास्ववियु केन्द्र सदस्य अजय चाैधरीले नेपालकाे सबैभन्दा ठुलो विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रहेको बताउनु भएको छ । अनेरास्ववियुले विद्यार्थीहरुकाे हक र अधिकार सम्बन्धि नेपाल भरीमा निरन्तर रुपमा काम गरिरहेकाे कुरा बताउनु भयो । नव गठित क्याम्पस कमिटीलाई बधाई दिदै चाैधरीले आइरहकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा अनेरास्ववियुका उमेदवारलाई विजयी गराउन अग्रह गर्नु भएको छ ।

क्याम्पस कमिटीकाे अध्यक्ष अब्दुल्लाह मुसलमान काे अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रीय सदस्य अजय चाैधरीकाे प्रमुख आतिथ्यतामा पुर्न गठन भएको छ । कार्यक्रममा विद्यार्थी नेता राजेश अग्रहरी , चन्द्र कुमार बढाइ लगायतका विद्यार्थी नेताहरुले आफ्नाे मन्तव्य राखेका थिए । कार्यक्रम संचालन शिवलाल ठाकुरले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०२-०१ , समय : १९:४६:५१ , १ वर्ष अगाडि