थोरै परिवर्तन अनि जीवन बदल्न मुस्कुराए

उर्मिला यादव यात्री , ८३२  पटक हेरिएको

भैरहवा, माघ २०

कतै रोएर मुस्कुराए,
कतै हासेर मुस्कुराए ,
जिन्दगीको उदारतामा
थोरै आफनोपन साचेर मुस्कुराए ।।

यात्रा कहा मोडिन्छ
थाह छैन जिन्दगीको
थोरै खुसी अनि
माया गासेर मुस्कुराए ।।

कहिलेकाही उदास हुदा मन
खुसी बटुल्न मुस्कुराए ,
साच्चै अलिकति माया
गासेर मुस्कराए ।।

अघि बढ्नु छ धेरै
खुटटा तानेको देख्दा मुस्कुराए ,
अलिकति जिउनु थियो ,
त्यसैले जिन्दगी बाचेर मुस्कुराए।।

उत्साह अनि रमाइलो ,
कहिलेकाही नाचेर मुस्कुराए,
साच्चै मनभरी माया
साचेर मुस्कुराए ।।

सबै राम्रो छु भन्छन ,
तर म राम्रो बन्न मुस्कुराए,
थोरै परिवर्तन अनि
जीवन बदल्न मुस्कुराए ।।

लेखक : उर्मिला यादव यात्री
भैरहवा रुपन्देही

प्रकाशित मिति: २०२३-०२-०३ , समय : ११:३६:२० , १ वर्ष अगाडि