राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित

रुपन्देही खबर , १८०  पटक हेरिएको

लुम्बिनी, माघ २५

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै दसौंदी निर्वाचित भएका हुन् ।

दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नागरिक उन्मुक्तिका रायले १९२ मतभार पाए । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति: २०२३-०२-०८ , समय : २०:३०:५५ , २ वर्ष अगाडि