सुनवल वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका गुरुङ बिजयी

रुपन्देही खबर , ५२०  पटक हेरिएको

नवलपरासी, जेठ १

पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा एमालले र एक वडामा कांग्रेसले बिजय हासिल गरेको छ ।

सुनवल वडा ३ अध्यक्षमा कांग्रेसका पविन गुरुङले १ हजार १सय ३२ मत ल्याएर एमालेका बद्रीमान श्रेष्ठलाई पराजित गरेका हुन ।

एमालेका श्रेष्ठले भने १ हजार ७ मत ल्याएका थिए । त्यस्तै एमाले बाटै महिला सदस्यमा भुमिकला शर्माले १ हजार ९१ मत, दलित महिला सदस्यमा लक्ष्मी परियारले १हजार ६० मत, खुल्ला सदस्यमा गिर बहादुर बुढाथोकीले १ हजार २१ मत खुल्ला सदस्य २ मा श्याम बहादुर गुरुङले १हजार ९९ मत ल्याएर बिजय भएका छन्।

सुनवल नगरपालिका वडा १,२ र ३ को मतगणना सकिए संगै वडा नम्बर ४ को सुरु गरिएको छ ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : २०:३२:१६ , २ वर्ष अगाडि