शैक्षिक गुणस्तर सुधार सम्वन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न

ज्ञानेश्वर उपाध्याय , २२३  पटक हेरिएको

बिचौर, माघ २८

बिद्यालय शिक्षकलाई समसामयिक प्राविधिक तालिम दिनुपर्ने, खेलकूद मैदान, प्रविधियुक्त र विषयगत प्रयोगशालाकाे निर्माण गर्नुपर्ने, शैक्षिक गुणस्तर बढाउन विविध कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने लगायतका कुराहरूमा जोड दिँदै अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । दुधपोखरी गाउँपालिकाले वागीश्वरी माध्यमिक विद्यालय बिचौरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । शैक्षिक गुणस्तर सुधार सम्वन्धी कार्यक्रम बिहिवार बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द दवाडीकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रम दुधपोखरी गाउँपालिकाका प्रमुख धन प्रसाद गुरुङको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा समिति संयोजक मनिष गुरुङ, शिक्षा अधिकृत सुशिल नाराल, वडा नंम्बर दुईका वडा अध्यक्ष अमर गुरुङ, शिक्षक अभिभावक संघ अध्यक्ष धर्म दत्त भट्टराई, प्रधानाध्यापक हरि नारायण दवाडी, बरिष्ठ समाजसेवि मुक्तिनाथ दवाडी, सह प्रधानाध्यपक हरि प्रसाद दवाडी लगायतका शिक्षक, जनप्रतिनिधि, कर्मचारी, अभिभावक लगायतका सरोकारवाला वर्गको उल्लासपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रमकाे सञ्चालन सह प्रधानाध्यपक हरि प्रसाद दवाडीले गर्नु भएको थियो भने स्वागत तथा कार्यक्रमको औचित्यमाथि गापा शिक्षा समिति संयोजक मनिष गुरुङले प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०२-११ , समय : ०९:३१:५० , २ वर्ष अगाडि