गजल : तिम्रो तस्बिर हराएको छैन

उर्मिला यादव यात्री , ३९७  पटक हेरिएको

भैरहवा, माघ २९

यो दिलबाट तिम्रो तस्बिर हराएको छैन ।
तिमी बाहेक अरुलाई मन पराएको छैन ।

जबदेखे तिमीलाई त्यहीबाट माया बस्यो
तिम्रो सामु अनायासै म कराएको छैन
तिमी बाहेक अरुलाई मन पराएको छैन ।

बुझाउन गाह्रो तिमलाई जति जति परे पनि
जुनी जुनी साथ दिन डराएको छैन
तिमी बाहेक अरुलाई मन पराएको छैन ।

बोली चाली तिम्रो मेरो त्यसै बन्द भए पनि
अझै पनि तिम्रो याद हराएको छैन
तिमी बाहेक अरुलाई मन पराएको छैन ।

परैबाट जब यसो र्हेछु तिमीलाइ
दुख्छ मुटु तैपनि म कराएको छैन
तिमी बाहेक अरुलाई मन पराएको छैन ।

प्रकाशित मिति: २०२३-०२-१२ , समय : ०९:२२:३६ , १ वर्ष अगाडि