गजल : कुनै पल थिए तिमी संग

उर्मिला यादव यात्री , ३५२  पटक हेरिएको

भैरहवा ,फागुन ४

जिन्दगीमा कुनै पल थिए तिमी संग
बहानामा मन पनि दिए तिमीसंग

कस्तो मिलन कस्तो चाह बुझन सकिन
नबुझदै जिन्दगी जिए तिमी संग
जिन्दगीमा कुनै पल थिए तिमी संग

समय र परिस्थिती आयो कस्तो कस्तो
टाढा हुदा आसु पनि पिए तिमी संग
बहानामा मन पनि दिए तिमीसंग

तिमी कहा म कहा बाध्यता छ यस्तै
यो मनभित्र त्यो मन लिए तिमी संग
बहानामा मन पनि दिए तिमीसंग

साच्चै यहा सम्झिएर झर्ने गर्छ आसु
सम्झनामा सधै भरी थिए तिमीसंग
बहानामा मन पनि दिए तिमीसंग

प्रकाशित मिति: २०२३-०२-१६ , समय : २०:४४:४० , १ वर्ष अगाडि