गजल :तिमलाइ माया गर्नुको कारण नसोध

उर्मिला यादव यात्री , ६४५  पटक हेरिएको

भैरहवा, फागुन ९

सबलाई त्यागी तिमलाइ माया गर्नुको कारण नसोध
एकान्तमा पलपल सम्झि मर्नुको कारण नसोध

लाग्थ्यो मलाइ पनि बाच्न सक्छु तिमी बिना
दुरतामा त्यो मनभित्र सर्नुको कारण नसोध
सबलाई त्यागी तिमलाइ माया गर्नुको कारण नसोध

गार्हो हुदो रैछ टाढिएर बाच्न साच्चै
तिम्रो मनको बगैचामा पर्नुको कारण नसोध
सबलाई त्यागी तिमलाइ माया गर्नुको कारण नसोध

अटुट छु तिम्रो लागी बिश्वास यहि गर्नु
फुल बनि तिम्रो पाउमा झर्नुको कारण नसोध
सबलाई त्यागी तिमलाइ माया गर्नुको कारण नसोध

सातौ जुनि सम्म तिमी हौ मेरै
हात समाइ जिन्दगी यो तर्नुको कारण नसोध
सबलाई त्यागी तिमलाइ माया गर्नुको कारण नसोध

प्रकाशित मिति: २०२३-०२-२१ , समय : १३:५३:२५ , १ वर्ष अगाडि