कविता : जाँदै छु टाढा सहरमा

गोबिन्द राज ओझा (राजन) , २३०  पटक हेरिएको

डोटी, फागुन १२

जाँदै छु  टाढा सहरमा आशु नझार प्यारी
मन बाट मायालु शब्दले बोलिदेऊ मलाई हेरी
 
यो हाम्रो बगैँचामा केही बेर बसिदेउ    
रुने मनलाई शान्त भएर हाँसेर बिदा देऊ
जादैछु छु टाढा सहरमा आशु नझार प्यारी
तिमिले आफ्नो हाल खबर पठाउनु चिठ्ठीमा लेखि
 
सम्झना त आउला तिम्रो म कसरी बसौला प्यारी
जाँदै  छु टाढा सहरमा आशु नझार प्यारी

लेखक : गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रकाशित मिति: २०२३-०२-२४ , समय : ०८:४१:०४ , १ वर्ष अगाडि