समुदायमा बालबालिकाहरुसंग प्रहरी कार्यक्रम कृष्णनगरमा सम्पन्न

अजय मिश्र , १९१  पटक हेरिएको

कपिलवस्तु, फागुन १३

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हलमा समुदायमा बाल बालिकाहरु संग प्रहरी कार्यक्रम कृष्णनगर नगरपालिकाको आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न सम्पन्न भएको छ l

कार्यक्रममा बाल बचाउ, बाल अधिकार, बाल संरक्षण, लगायत बाल बालिकाको कानूनी अधिकार, बाल बचाउको अधिकार, बाल संरक्षणको अधिकार, बाल विकासको अधिकार, बाल सहभागिताको अधिकार लगायतका बिषयमा कृष्णनगर नगरपालिकाको महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले प्रष्ट पार्नुभयो l

अपराध, दुर्घटना, घटना, अपराधी, घटना स्थल लगायतको परिभाषा, कसुर भएको जानकारी कसरी दिने, सुरक्षित र असुरक्षित छुवाई, साइबर क्राइम लगायत बालबालिकाको अधिकार संरक्षण सम्बंधि लघु चलचित्र समेत देखाई बालबालिकाको हक अधिकार संरक्षण लगायत बिषयवस्तुमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले सहजीकररण गर्नुभयो l

कार्यक्रममा बाल बालिकाको अपराध न्यूनिकरणमा भूमिका तथा बाल बालिका बाट आएको जिज्ञासा समेतलाई स्थान दिई सहजीकरण गरिएको थियो l
कृष्णनगर नगरपालिका भित्रका वडा नम्बर दुईका ३० जना तथा वडा नंम्बर तीनका ३० जना बाल बालिकाहरूको सहभागिता रहेको थियो l

प्रकाशित मिति: २०२३-०२-२५ , समय : २०:०१:०७ , १२ महिना अगाडि