नवलपरासी काठमाडौँ सम्पर्क समन्वयन समितिको भेला आयोजक समिति गठन

रुपन्देही खबर , ६९०  पटक हेरिएको

नवलपरासी, फागुन १३

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन नवलपरासी काठमाडौँ सम्पर्क समन्वयन समितिको २५ सदस्यीय भेला आयोजक समिती गठन भएको छ ।

शनिबार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य लिलाधर रिमालको अध्यक्षतामा विभिन्न कामका सिलसिलामा काठमाडौँ आएर बसेका मानिसहरूबिच काठमाडौँको बागबजारमा भएको एक भेलाले नवलपरासी काठमाडौँ सम्पर्क समन्वयन समितिको २५ सदस्यीय भेला आयोजक समिती गठन गरेको हो ।

भेला आयोजक समितीको संयोजकमा रिंकी पंगेनी रहनुभएको छ । समितिको कार्यालयमा सुनवल नगरपालिकाबाट लक्ष्मी पौडेल, रामग्राम नगरपालिकाबाट धिरज कुमार, बर्दघाट नगरपालिकाबाट अर्जुन विक, प्रतापपुर र सुस्ताबाट विनोद यादव, पाल्हीनन्दनबाट सन्दिप कुमार यादव एवं सरावलका लागि मुकेश चौधरी लगायतको ८ जनाको कार्यालय कमिटी गठन गरिएको लुम्बिनी समन्वयन समितिका उपाध्यक्ष उदय अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०२-२६ , समय : ०९:५८:२९ , ४ वर्ष अगाडि