सुरेश यादव , २४५ पटक हेरिएको
नवलपरासी, फागुन १५
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेकाे आदर्श माविका बिद्यार्थीहरु आइतबार देखि अचानक बेहाेस हुन थालेपछि पठनपाठन भएकाे छ । लगातार दुई दिन देखि बिद्यार्थीहरु बेहाेस हुने क्रम बढ्दै गएपछि २ दिनकाे लागि विद्यालय बन्द गरिएकाे विद्यालयले जनाएको छ ।
कक्षा ६ देखि ९ सम्म अध्यनरत छात्राहरुमा बेहाेस हुने समस्या देखिएको विद्यालयका प्रधानाध्यापक दिपक भट्टराईले जानकारी दिनुभयाे । उहाँका अनुसार आईतबार हिजाे १० बजे प्रार्थनाकाे समयमा ६ जना छात्राहरु बेहाेस भएका थिए । आज विद्यालय शुरु हुनै लाग्दा थप १० जना छात्राहरु बेहाेस भएपछि पृथ्वी चन्द्र जिल्ला अस्पतालमा उपचारका लागि पठाईएकाे प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।
राेग पता नलागेपछि अन्य विद्यार्थीहरुमा संक्रमण नहाेस् भनेर रामग्राम नगरपालिकाकाे समन्वयमा आज र भाेली गरि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएकाे विद्यालयका एक शिक्षकले जनाएका छन् । अस्पतालमा हाल १० जना छात्राहरु उपचाररत रहेकाे र बेहाेस हुने संख्या बढ्दै गएकाे पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.माेहम्मद नुरुल हाेदाले जानकारी दिनुभयाे । आइतबार आएका ३ जनालाई उपचार पछि घर पठाईएकाे र आज १० जनाकाे उपचार भईरहेकाे डा.हाेदाले बताउनुभयो ।
याे मासहिस्टेरिया हुनसक्ने भएकाेले विद्यालयमै गएर अध्ययन गरिने उहाँले बताउनुभयो । मानसिक समस्याका कारणले यस प्रकारकाे राेग देखिने भएकाेले स्वास्थ्यकर्मीहरु परिचालन गरि विद्यालयका शिक्षक,अभिभावकलाई काउन्सिलिङ गरिएकाे डा.हाेदाले बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०२-२७ , समय : १७:१२:१९ , २ वर्ष अगाडि