लागुऔषध दुर्व्यसनीबिरुद्ध कञ्चनसाथी सञ्जालको ५ दिने अभियान

रुपन्देही खबर , २२३  पटक हेरिएको

कञ्चन, फागुन २४

लागुऔषध दुर्ब्यसनीलाई निरुत्साहित गरौं भन्ने नाराका साथ रुपन्देहीको कञ्चनमा लागुऔषध दुर्व्यसनीबाट पुनरस्थापितहरुलाई समाजिक उत्तरदायित्व बढाउन लागुऔषध दुर्ब्यसनी बिरूद्धको ५ दिने अभियान भोलीबाट शुरु हुदै छ। कञ्चन साथी सञ्जाल, रुपन्देहीको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीको सहयोगमा उक्त अभियान शुरु हुने भएको हो।

फागुन २५ गते देखि २९ गते सम्म सञ्चालन हुने उक्त ५ दिने अभियानको पहिलो दिन भोली २५ गते ६ किलो मिटर दुरीको म्याराथन दौड र फुटवल प्रतियोगिता हुने छ । यस्तै दोश्रो दिन २६ गते कञ्चनको हरैया, थकालीचोक, गजेडी, भेलभरियामा लागुऔषध बिरुद्धको सन्देश सहितको सचेचतना प्रवचन डेस्क सञ्चालन हुने छ भने २७ गते लागुऔषध दुर्ब्यसनी र त्यसको दुरुपयोगलाई निरुत्साहित गर्न सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रम हुने सञ्जालका अध्यक्ष थापा मगरले स्थानीय सञ्चारकर्मीहरुलाई जानकारी दिनु भयो।

अभियानको चौथो दिन अर्थात फागुन २८ गते कञ्चनका सबै बिद्यालयहरुका शिक्षकहरुका लागि बिद्यालय तहमा बिधार्थीहरुलाई लागुऔषध दुर्ब्यसनीबाट टाढा राख्नेबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ। यसैगरी अभियानको अन्तिम दिन फागुन २९ गते लागुऔषधको दुर्व्यसनीमा होइन संगितमा आकर्षण बढाऔं भन्ने नाराका साथ कञ्चनको भेलभरियामा बिशेष सांगेतिक कार्यक्रम सहित लागुऔषधको दुर्व्यसनी बिरुद्धको ५ दिने अभिायनको समापन हुने कञ्चन साथी सञ्जालका अध्यक्ष टीका थापा मगरले जानकारी दिनु भएको छ।


लागुऔषध दुरुपयोगका बिरुद्ध सबैको हातेमालो भएमा लागुऔषध दुरुपयोगका कारण र समाधानको उपायहरु समेत पत्ता लगाउन सकिने भन्दै ५ दिने अभियानमा सरोकारवालाको बलियो साथ प्राप्त हुने अध्यक्ष थापा मगरले बिश्वास गर्नु भयो।

लागुऔषधको दुर्व्यसनी बिरुद्धको ५ दिने अभियानलाई भब्य र सभ्य रुपमा सञ्चालन गर्न सुनगाभा सामुदायिक बिकास केन्द्रले बिभिन्न साझेदार संघसंस्था, स्थानीय तहसंग समन्वय र सहकार्य गरी आवस्यक सहयोग उपलब्ध गराउने केन्द्रका अध्यक्ष अमृता थापा मगरले बताउनु भयो। स्थानीय सञ्चारकर्मीहरु संगको भेटघाट कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कञ्चनमा बढ्दो लागुऔषध दुर्ब्यसनीलाई निरुत्साहित गर्न साथी सञ्जालले सञ्चालन गर्न लागेको अभियानलाई सफल बनाउन आफ्नो वडाबाट कुनैपनि क्षेत्रबाट कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
सुनगाभा सामुदायिक बिकास केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष सुमित्रा बुढाथकोकी, संकल्प समूहका अध्यक्ष रितेश थापा मगर लगायतको समेत उपस्थिति रहेको पत्रकार भेटघाट कार्यक्रमको सहजिकरण सञ्जालका उपाध्यक्ष सुस्मिता नेपालीले गर्नु भएको थियो। कार्यक्रम कञ्चन साथी सञ्जालको परामर्श केन्द्र कञ्चन ४ थकालीचोकमा भएको थियो। भोली हुने म्यारोथन प्रतियोगिता कञ्चन ४ को थकालीचोक देखि शुरु भई रुपन्देहीको एकमात्र रमणिय तथा प्रयटकिय स्थल दानापुर ताल पुगेर समापन हुने छ।स्थल दानापुर ताल पुगेर समापन हुने छ।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : २०:०३:१० , १ वर्ष अगाडि