युनिक होम्सको २९ औ बार्षिक उत्सव,अभिभावक दिवस तथा कक्षा १०का बिद्यार्थीहरुलाई बिदाइ

उर्मिला यादव यात्री , २८७  पटक हेरिएको

भैरहवा, चैत ४

गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ युनिक होम्स इंगलिस बोडिंग हाइस्कुल रोेहिणी ३ धकधईको २९ औ बार्षिक उत्सव ,समारोह, अभिभावक दिवस तथा कक्षा १० का बिद्यार्थीहरुको बिदाइ आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिद्यालयका संस्थापक मातृका प्रसाद यादवको अध्यक्षता तथा रोहिणी गाउपालिकाका प्रमुख बिद्या प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले युनिक होम्स बिद्यालयको इतिहास एकदमै रोचक र ज्ञानबद्र्धक भएको बताउनु भएको छ । उहाले यस बिद्यालयबाट अध्ययन गरेर गएका बिद्यार्थीहरु उच्च ओहदामा काम गर्दै आएको र यहाबाट राम्रो बिद्यार्थीहरुको उत्पादन भएकोले बिद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न आग्रह गर्नु भएको छ । अध्यक्ष यादवले यस बिद्यालयले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई निशुल्क शिक्षा दिनु गौरवको बिषय भएको बताउदै बिद्यार्थीहरुलाई अनुशासित भएर अगाडी बढन आग्रह गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा रोहिणी गाउपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेले युनिक होम्सले राष्ट्रपति रनिंग सिल्ड प्रतियोगिता र रोहिणी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिंग सिल्डको उपाधि पाएकोले यस बिद्यालय खेलकुद देखि लिएर अतिरिक्त क्रियाकलापमा अगाडी रहेको बताउनु भएको छ । उहाले यस बिद्यालयले गरेका बिभिन्न किसीमका शैक्षिक गतिबिधीहरु अभिभावक शिक्षा र अन्य बालबालिकालाई गर्ने ब्यवहार सामुदायिक बिद्यालयहरुका लागी असल अभ्यास र अनुकरणीय रहेको बताउनु भयो । असल अभ्यासलाई सामुदायिक बिद्यालयहरुमा पनि लैजानुपर्ने बताउदै रोहिणी गाउपालिकाको समग्र शैक्षिक सुधारका लागी राय सुझावका साथ अगाडी बढेको बताउनु भयो । उहाले आगामी दिनमा युनिक होम्सबाट गाउपालिकाको शैक्षिक सुधारका लागी शैक्षिक लगायत अन्य गतिबिधीमा यस बिद्यालयबाट सहयोग प्रदान हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।

उहाले बिद्यालयले गर्नुपर्ने बिबिध गतिबिधीमा सुधार गर्नका लागी धेरै ठाउ खाली भएको बताउदै ति खाली ठाउहरु आगामी दिनमा पुरा गर्नुपर्ने र त्यसको लागी गाउपालिकाले ब्यापक रुपमा छलफल र समिक्षा गरेर सबैले आ आफनो क्षेत्रबाट पुरा गर्न नसकेका कमजोरीहरुलाई सुधार गर्दै लैजानुपर्ने जोड दिनु भयो ।
यस्तै गरी कार्यक्रममा बिद्यालयका संस्थापक मातृका प्रसाद यादवले बिद्यालयको प्रतिबेदन प्रस्तुत गर्दै यस बिद्यालयले पठनपाठन , खेलकुद मानबिय सेवा , सहयोग र उद्धारका क्षेत्रमा आफुलाई संलग्न गराउदै आएको बताउनु भयो ।

उहाले बिद्यालयमा जुनियर रेडक्रस सर्कलको गठन गरी रेडक्रसको सिद्धान्त अनुसार काम गर्दै आएको र ९ सदस्यिय जुरेस क्रियाशिल रहेको बताउनु भयो । यस्तै गरी बिद्यालयमा पाच सदस्यिय युनिक बालक्लबले बिभिन्न रचनात्मक गतिबिधीहरु संचालन गर्दै आएको जोड दिनु भयो । बिद्यालयका संस्थापक यादवले गरिब ,दलित, तथा जेहेन्दार १ सय ४६ जना बिद्यार्थीलाई निशुल्क रुपमा शिक्षा प्रदान गदै आएको बताउनु भएको छ । उहाले बिद्यालयमा रहेका कुल बिद्यार्थी ६ सय ७५ रहेको मध्य पाच सय २९ जनाबाट मात्रै शुल्क लिइरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक मनोज कुमार यादवले बिद्यालयले बिद्यार्थीका लागी गर्नुपर्ने सबै काम गर्दै आएको र बिद्यालयको कमीकमजोरीलाई अभिभावकले सुझावको रुपमा औल्याइदिन आग्रह गर्नु भएको छ । यस बिद्यालय रोहिणी गाउपालिकालाई शिक्षाको लागी अब्बल बनाउने सोचका साथ अगाडी बढेको बताउदै बिद्यार्थीहरुलाई खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा सहभागि गराउदै बजारको शिक्षालाई कसरी जित्न सकिन्छ भन्ने उदेश्यका साथ अगाडी बढेको बताउनु भयो । उहाले बिद्यार्थीको भबिष्यको लागी बिद्यालय र अभिभावक मिलेर अगाडी बढनुपर्ने बताउनु भयो ।

कार्यक्रममा कक्षा ६ बिद्याथी रोसन उपाध्याय , कक्षा सातकी बिद्यार्थी सिर्जना उपाध्याय, रोहिणी गाउपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, वडा नम्बर ३ का वडाध्यक्ष बिरबहादुर क्षेत्री लगायतले आ आफनो मन्तब्य राख्दै शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन जरुरी रहेको जोड दिनु भएको थियो ।

कार्यक्रममा कक्षा १० मा अध्ययरत बिद्यार्थीहरुलाई सम्मान गर्दै बिदाई समेत गरीएको थियो भने बिद्यालयमा नियमित उपस्थित बिद्यार्थी , सरसफाइ, बिद्यालयमा उत्कृष्ट अंक ल्याइ प्रथम, द्धितिय ,तृतीय स्थान हासिल गरेको बिद्यार्थीहरु लगायत, शिक्षक, बिद्यालयको खेलकुद गतिबिधीमा जित हासिल गरेका बिद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरीएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले आ आफनो प्रतिभा मार्फत अभिभावक लगायत सबैलाई मनोरन्जन प्रदान गरेका थिए ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : २३:४४:५३ , १ वर्ष अगाडि