ओमसतिया गाउपालिकाका सामूदायिक विद्यालयहरुमा अनुगमन तथा निरीक्षण

रुपन्देही खबर , ३१७  पटक हेरिएको

भैरहवा, चैत ६

रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गर्नु भएको छ । ओमसतिया गाउँपालिकामा जारी रहेको गाउँपालिका स्तरिय कक्षा ८ को परिक्षा केन्द्रहरुमा अध्यक्ष यादव र उपाध्यक्ष सुनिता चौधरीको अलग अलग टिमले अनुगमन गरेका हुन् ।

विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने र परिक्षालाई मर्यादित एवम सहज बनाउन विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताउनु भयो । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ’, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्दै उहाले भन्नु भयो , ’यदि कुनै विद्यालयमा केही कमी कमजोरी छ भने हामीलाई जानकारी गराउनुस् ।’
कक्षा ८ को परिक्षा बिद्यार्थीहरुको पहिलो बोर्ड परिक्षा जस्तो भएकोले नआत्तिकन परिक्षा दिन उपाध्यक्ष चौधरीले विद्यार्थीहरुलाई सुझाव दिनु भएको छ।

अनुगमन समिति संयोजक समेत रहनु भएको चौधरीले कुनै पनि विद्यालयमा गराईने अध्यापनमा कुनै किसिमको ढिलासुस्ती सह्य नहुने बताउनु भयो। परिक्षा रहे सम्म र शिक्षाको गुणस्तरको बिषयमा आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो । अनुगमनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि पोखरेल, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०३-२० , समय : १८:३४:०५ , १ वर्ष अगाडि