कोटहीमाई गाउपालिका गाउसभाको ११ औ अधिवेशन सम्पन्न

उर्मिला यादव यात्री , २७९  पटक हेरिएको

भैरहवा, चैत १५

रुपन्देहीको कोटहीमाई गाउपालिका गाउसभाको ११ औ अधिवेशन सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता तथा जिल्ला समन्वय समितीका उपप्रमुख रामकृपाल धोबीको प्रमुख आतिथ्यतामा गाउसभाको ११ औं अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा गाउपालिका अध्यक्ष त्रिपाठीले मर्चवार क्षेत्रमा रहेको सिचाइको समस्या लाई सम्बोधन गर्न सके मात्र कृषिको लागी ठुलो कार्य गर्न सकिने बताउनु भएको छ । उहाले बिद्युतीय प्रणालीद्धारा सिचाइ गर्नका लागी हरेक गाउमा डिपिआर सम्पन्न भएको बताउदै आर्थिक मन्दीले गर्दा बिकास निमार्णका योजनामा २० प्रतिशत योगदान सरकारले कटौती गरेकोले सोचे अनुरुप कार्य गर्न नसकिएको बताउनु भएको छ । उहाले जनताको साझा प्रयासमा नै हरेक काम सम्भव भएकोले जनताको माझ अलग ढंगले काम गरेर देखाउने प्रतिबद्धता गर्नु भएको छ । उहाले मर्चवारको कुनै पनि क्षेत्रमा सोचे अनुरुप काम नभएको गुनासो गर्नु भयो ।

उहाले कोटहीमाइ गाउपालिकामा धेरै काम गर्न बाकी रहेको र जनताको माझ प्रतिबद्ध भएर काम गर्दै आएको बताउनु भयो । उहाले जब सम्म आफनो मिसन पुरा गर्न सकिदैन तबसम्म बिश्राम नलिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उहाले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गुणस्तरीय काम नभएको गुनासो गर्दै आफनो दायित्व सहि ढंगले निर्वाह नगर्नेलाई गाउपालिकाले नियमअनुसार कारवाही गर्ने बताउनु भयो । उहाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागी गाउपालिकाले आफनै कार्यबिधि बनाइ काम गर्ने बताउनु भयो ।
उहाले यस क्षेत्रमा धेरै समस्या भएको बताउदै आगामी दिनमा ती समस्याको सम्बोधन गरिने बताउनु भयो ।

कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तवले चालु आर्थिक बर्ष ०७९,८० मा गाउपालिकाले ४८ करोड, ४ लाख , ५० हजारको बजेट तथा कार्यक्रम स्विकृत भइ कार्यान्वयनमा रहेको बताउनु भएको छ । उहाले गाउपालिकामा चालु आर्थिक बर्षमा ५ सय ८४ वटा क्रियाकलाप मध्ये ७५ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्झौता भइ कार्यान्वयनमा रहेको जानकारी दिनु भएको छ । उहाले हाल सम्मको कार्यालयको वित्तिय प्रगति १७ करोड, ४४ लाख करिब ३५ प्रतिशत रहेको बताउदै भौतिक प्रगति ६० प्रतिशत भन्दा माथि रहेको जानकारी दिनु भएको छ । उहाले बिशेष तथा समपुरक अनुदान तर्फका कार्यक्रम सम्झौता गरी कार्यान्वयनमा रहेको बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तवले गाउपालिकामा १५ शैयाको अस्पतालको डिपिआर स्वास्थ्य मन्त्रालयबाट अनुमोदन गराई यसै आर्थिक बर्षमा टेण्डर आव्हान गर्ने तयारी भइरहेको बताउदै कृषि बिद्युतीकरण परियोजना संचालनका लागी लागत अनुमान कार्य तयार भई बिद्युत प्राधिकरण मार्फत उर्जा मन्त्रालयमा स्विकृतीका लागी पहल गरीएको जानकारी दिनु भएको छ । यस्तै गरी गाउपालिकाले पकेट क्षेत्रको कार्यक्रमलाई निरन्तरता दिनुका साथै थप कार्य क्षेत्र बिस्तारका लागी पहल गरीरहेको जनाएको छ ।

यस्तै गरी वडा नँम्बर १ मा परिर्वतन गर्नुपर्ने योजना ८ रहेको छ भने थप ८ वटा नया योजना थपिएको छ । यस्तै गरी वडा नम्बर २ मा परिर्वतन गर्नुपर्ने योजना ३ र ८ वटा नया योजना थप गरीएको छ । यस्तै गरी वडा नम्बर ३ मा परिर्वतन गर्नूपर्ने योजना २ , थप नया योजना ४, वडा नम्बर ४ मा परिर्वतन गर्नूपर्ने योजना ४, थप नया योजना ४, वडा नम्बर ५ मा परिर्वतन गर्नूपर्ने योजना ५ , थप गरीएको नया योजना ६ रहेको छ । यस्तै गरी वडा नँबर ६मा परिर्वतन गर्नूपर्ने योजना १, थप गरीएको योजना १, वडा नम्बर सातमा परिर्वतन गर्नूपर्ने योजना ६ , नया १० वटा योजनाहरु थप गरीएको छ । यस्तै गरी कार्यालय तर्फ १, स्वास्थ्य तर्फ २, शिक्षा तर्फ ४ वटा योजना थप गरी बिभिन्न प्रशासनिक खर्चबाट ६४ लाख शिर्षकमान्तर गर्रीएको अधिकृत श्रीवास्तवले जानकारी दिनु भएको छ ।

गाउसभाको ११ औ अधिवेशनमा गाउपालिका प्रशासन शाखाका निमित्त प्रमुख सनोज कुमार चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा गाउपालिका उपाध्यक्ष शुशिला कुमारी यादव , जिल्ला समन्वय समितीका उपप्रमुख रामकृपाल धोबी, मर्चवार आर्दश बहुमुखी क्याम्पस प्रमुख रामकेश पाल, समाजसेवी गुरुबचन यादव, जगन्नाथ कुर्मी , वडा नम्बर ५ का वडाध्यक्ष संजयकुमार सैनी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : २३:३६:५१ , ११ महिना अगाडि