लायन्स क्लब अफ भैरहवा लिगेसीले रु.१ मा शाकाहारी खाना खुवायो

महेश गुप्ता , ४५२  पटक हेरिएको

भैरहवा, चैत १७

लायन्स क्लब अफ सिद्धार्थनगर लिगेसीद्वारा रु. १ मा शाकाहारी खाना खुलाउने कार्यक्रम सम्पन्न भएको छ । चैत रामनवमीको अवसरमा श्री रण अम्बिका सह आँखा अस्पताल भैरहवाको परिसरमा निःशुल्क मधुमेह परिक्षण तथा रु. १ मा खाना खुवाइएको हो।

विहिबार सम्पन्न उक्त कार्यक्रममा आँखा जाँच गराउन आएका तथा विभिन्न यात्री र स्थानीहरु लगायत ३ सय ले निःशुल्क मधुमेह परिक्षण तथा रु. १ मा खाना खाएको क्लबका अध्यक्ष रबिकान्त उपाध्यायले बताउनु भएको छ।

क्लका विभिन्न सदस्यहरुको सक्रिय सहभागीतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का संस्थापक डिष्ट्रिक गनर्भर नवराज न्यौपानेले उक्त क्लबले स्थापनाकालदेखि नै मानव धर्मको क्षेत्रमा धेरै काम गर्दै आएको बताउनु भयो । उहाले अस्पतालमा आउने विभिन्न विरामीहरुलाई लक्षित गरी सम्पन्न उक्त गरिएको प्रभावकारी भएको बताउनु भयो । कार्यक्रमलाई सहयोग गर्ने विभिन्न सदस्यहरुलाई प्रमुख अतिथिले सम्मान गरेका थिए ।


मधुमेह परीक्षणमा लुम्बिनी डाइग्नोष्टिक एण्ड प्याथलोजीको सहयोगमा सम्पन्न भएको कार्यक्रमका संयोजक सुशील शिंघलले जानकारी दिनु भएको छ।

कार्यक्रममा लायन्स विनोद खरेल, राजन शुक्ला, संदीप अग्रहरि, विनीत उपाध्याय, राजन शुक्ला, उमाशंकर पाठक, सूरज जयसवाल, शैलेश उपाध्याय, समाज सेवीविरेंद्र ज्ञावाली, गोपाल भण्डारी , विजया खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १०:३७:३६ , १ वर्ष अगाडि