सिनपा वडा नम्बर ५ को आयोजनामा भैरहवामा निशुल्क आंखा शिबिर सम्पन्न

उर्मिला यादव यात्री , ४६०  पटक हेरिएको

भैरहवा, बैशाख १५

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजना तथा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आंखा अस्पताल भैरहवाको प्राबिधिक सहयोगमा आज मारवाडी सेवा संघको सभाहल भैरहवामा निशुल्क आंखा शिबिर सम्पन्न भएको छ । आंखा शिविरमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर १३ भित्रका २ सय ६५ जनाको आंखा परीक्षण गरीएको छ ।

आखा परीक्षण गरिएको २ सय ६५ जना मध्ये १५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । मोतियाबिन्दुको समस्या देखिएको ब्यक्तिको निशुल्क अप्रेसन हुने सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा आखा शिबिर सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी अग्रवालले आखा संबेदनशिल अंग भएकोले यसको नियमित चेकजाच गर्नुपर्ने बताउनु भएको छ । उहाले आखा बिना यो संसारको परिकल्पना गर्न नसकिने भएकोले आखा सम्बन्धी समस्याहरुको समाधानका लागी निशुल्क आखा शिबिर संचालन गरीएको जानकारी दिनु भएको छ ।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ५का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले मानव सेवा नै धर्म हो भन्ने उदेश्यका साथ जनताका माझमा निशुल्क आखा शिबिर संचालन गरेको बताउनु भएको छ । उहाले जनताकोे स्वास्थ्य महत्वपुर्ण पक्ष भएको र आखा बिना दुनिया अन्धकार भएकोले आखा सम्बन्धी समस्याको निराकरणका लागी यस्ता शिबिर आवश्यक भएको जोड दिनु भएको छ ।

उहाले वडामा जनसमुदायको हकहित र बिकासका लागी बिभिन्न किसिमका कार्यक्रमहरु पनि संंचालन गर्दै आएको बताउनु भयो । उहाले आगामी दिनमा पनि बिभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

उदघाटन कार्यक्रममा वडा सदस्य विनित कुमार वेरिवालको स्वागत मन्तब्य रहेको कार्यक्रममा बरिष्ठ अधिवक्ता कमल राज जोशी, वडानम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ , रुपन्देही युवा समुहका संस्थापक अध्यक्ष आनन्द प्रसाद गुप्ता लगायतले शुभकामना मन्तब्य राख्दै आखाको हेरचाह सबैले गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रम संचालन वडासदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो । निशुल्क आखा शिबिरमा वडा नम्बर १ देखि वडा नम्बर १३ सम्मका जनप्रतिनिधी, जनसमुदाय लगायत बिद्यार्थीहरुको समेत आखा परिक्षण गरीएको थियो ।




प्रकाशित मिति: २०२३-०४-२८ , समय : १८:१५:४७ , १ वर्ष अगाडि