बुद्ध जयन्तीको अवसरमा नवलपरासीको रामग्राममा सरसफाइ

सुरेश यादव , ३३९  पटक हेरिएको

नवलपरासी, बैशाख २१

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले २५६७ओैं बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासी,रामग्राम स्तुप र काेलिय राज्यको राजधानी पन्डितपुरमा आज सरसफाइ कार्यक्रम गरेकाे छ ।

बिश्वमा एक मात्र अस्तु धातुकाे रुपमा रहेकाे रामग्राम स्तुप र कोलिय राज्यकाे राजधानी पन्डितपुरलाई प्रवर्द्धन तथा संरक्षण गर्ने उदेश्यका साथ २५६७ओैं बुद्ध जयन्तीको अवसरमा भाेलि पन्डितपुरबाट रामग्राम स्तुप सम्म पहिलाे पटक धातु जात्राकाे आयाेजना गरिएकाे नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयाे ।

सरसफाइ कार्यक्रममा नगरपालिकाका नगरप्रमुख धनपत यादव , उपप्रमुख सम्झना चाैधरी,निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय शर्मा र नगरपालिकाका सम्पूर्ण कर्मचारी साथै प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख लगायतकाे उपस्थितिमा सरसफाइ गरिएको हाे । साथै धातु जात्रामा उपस्थित हुन नगरप्रमुख यादवले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति: २०२३-०५-०४ , समय : २२:३८:५५ , १ वर्ष अगाडि