रेडियो सन्देश ८९.८ मेगाहर्जद्वारा भित्तेपात्रो विमोचन

सुरेश यादव , १६४  पटक हेरिएको

नवलपरासी, बैशाख २४

पश्चिम नवलपरासीको सुनवलमा रहेको रडियो सन्देश ८९.८ मेगाहर्जले शुक्रबार एक कार्यक्रमको बिच सुनवलको रातो भाले रिसोर्टमा भित्तेपात्रो विमोचन गरेको छ । रेडियो सन्देश ८९.८ मेगाहर्जका अध्यक्ष नन्दु कँवरको अध्यक्षता तथा सुनवल नगरपालिकाका संस्थापक मेयर भिम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता एवम उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको विशिष्ट आतिथ्यतामा भित्तेपात्रोको विमोचन भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले समाजमा गलत काम गर्नेले पत्रकारसँग डराउनु पर्छ साथै देशमा पत्रकारहरुको एकदम जरजर अवस्था छ । रेडियो सन्देश र पत्रकारहरुलाई कुनै पनि अवस्थामा आफुले साथ सहयोग गर्न तत्पर रहने बताउनुभयो । आफु नगर प्रमुख हुदा नगरपालिकामा १ करोड बराबरको स्वास्थ्य सामाग्री हुदा हुदै पनि त्यतिकै लथालिङ्ग अवस्थामा रहेकोले नगरपालिकाको त्यसतर्फ ध्यानाकर्षण गराउदै १५ बेडको नगर भित्र अस्पताल सञ्चालन गर्न सकिने बताउनुभयो । विमोचन कार्यक्रममा सुनवल प्रेस क्लबका अध्यक्ष रमेश भुसाल, पत्रकार राज चौधरी, सुरेश यादव, रन्जित शर्मा र रडियो सन्देशका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन पत्रकार कल्पना खरेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०५-०७ , समय : १०:०८:४१ , १ वर्ष अगाडि