रुपन्देहीको रोहिणी–२ मा स्वास्थ्य चौकी भवन शिलान्यास

rupandehi khabar , १८२  पटक हेरिएको

भैरहवा, वैशाख २४

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । रोहिणी–२ स्थित खरबिन्द टोलमा निर्माण हुने स्वास्थ्य चौकी भवनको आइतबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गर्नु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले स्वास्थ्य चौकी भवन निर्माणका लागि रु. १ करोडको संघीय बजेट रहेको र त्यसमा पालिकाले अलिकति योगदानमा गरौं भनेर रु. १ करोड २५ लाखको ईस्टिमेट तयार गरिएको बताउनु भएको छ । उहाले भन्नु भयो ‘रु. ८५ लाखमा ठेक्का सम्झौता भएको छ । असार मसान्तसम्म रु. ८५ लाखको काम हुनेछ । डीपीआर तयार गरेका छौं । झण्डै ३ करोडको छ । आगामी वर्षमा थप रकम विनियोजन गरेर भवनको माथिल्लो तल्लाको काम हुनेछ ।’ भवन शिलान्यास पश्चात बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी–२ र समग्र रोहिणीको विकासका लागि अघि बढेको बताउनु भएको छ । उहाले वडा नम्बर २ का वडाबासीलाई नजिकबाटै सुविधासम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण हुने बताउनु भयो । अध्यक्ष यादवले रोहिणी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियानका साथ अगाडि बढेको बताउनु भएको छ । ‘१५ शैयाको अस्पताल बनाउने लक्ष्य छ । त्यसका साथै विभिन्न स्थानमा हाईमास्ट लाईट जडान गरिएको छ । उहाले भन्नु भयो ‘७ वटै वडामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सम्पूर्ण धर्म संस्कृतिको संरक्षण गर्दै अघि बढेका छौं । ’


रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले ४ कठ्ठा जग्गामा स्वास्थ्य चौकी भवन निर्माण हुने जानकारी दिनु भएको छ । उहाले गाउँपालिकामा विकास निर्माण कार्य तीव्रताका साथ अघि बढेको बताउनु भयो । उहाले भन्नु भयो ‘गाउँपालिकामा विकास निर्माण कार्य अघि बढेको छ ।’ उहाले गाउँपालिका भवनको टेण्डर प्रक्रिया अघि बढेको जानकारी दिनु भएको छ ।
रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले वडा नम्बर २ मा स्वास्थ्यसँगै शिक्षा तथा भौतिक पूर्वाधार निर्माण कार्य अघि बढेको बताउनु भयो । उहाले स्वास्थ्य चौकी भवन सकेसम्म २ वर्षमा निर्माण कार्यसम्पन्न हुने बताउनु भयो । उहाले भन्नु भयो , ‘यो बहुवर्षिय योजना हो । नागरिकलाई स्वास्थ्य परीक्षणमा सहजता प्रदान होस् भन्ने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण कार्य अघि बढेको हो ।’
रोहिणी–२ की वडा सदस्य प्रभावति नाउले गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको सहकार्यमा राम्रो काम भइरहेको बताउनु भएको छ । उहाले भन्नु भयो ‘विगत पाँच वर्षमा नभएको काम अहिले भइरहेको छ । ’
गाउँपालिकाका योजना शाखाका सव–इञ्जिनियर राजकुमार मिश्राले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण र सामाजिक विकासमा ध्यान दिएको बताउनु भएको छ । उहाले स्वास्थ्य सेवामा नागरिकलाई पहुँच पुर्याउने उद्देश्यले ‘स्वास्थ्य नै धन हो’ भन्ने नाराकासाथ स्वास्थ्य चौकी भवन निर्माण कार्य अघि बढेको बताउनु भयो । उहाले भन्नु भयो , ‘गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र वडाअध्यक्ष करम हुसेन खानको नेतृत्व तथा अगुवाइमा विभिन्न विकास निर्माण कार्य अघि बढेका छन् ।’
स्थानीय कान्छा कोहारले गाउँपालिकाले १ वर्षको अवधिमा विभिन्न कार्य गरेको बताउनु भएको छ । उहाले ठाउँठाउँमा सडक बत्ती जडान, सडकलगायत विभिन्न क्षेत्रमा काम भएको बताउनु भयो । उहाले रोहिणीलाई नमूना गाउँपालिका बनाउन र समग्र गाउँपालिकाको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनु भयो । स्थानीय शेषमणि यादवले जनप्रतिनिधिले जनतामाझ गरेको वाचा क्रमशः पूरा गर्दै गएको बताउनु भएको छ । उहाले भन्नु भयो ‘जनप्रतिनिधिले गरेका कामको जनताले मूल्यांकन गर्नेछन् । ’ स्थानीय मकसुद खानले जनप्रतिनिधि निरन्तर जनतामा सेवा खटिएको बताउनु भएको छ । उहाले भन्नु भयो ‘विगतमा नभएका काम अहिले भएको छ । यसका लागि रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानलाई धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति: २०२३-०५-०७ , समय : २२:०४:५९ , १ वर्ष अगाडि