पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

rupandehi khabar , १३५  पटक हेरिएको

काठमाडौं, वैशाख २५

पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९३१ नमुनामध्ये ७१६ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार २१५ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी ५७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४७ पुगेको छ भने २१ जना संस्थागत आईशोलेशनमा, ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।यस्तै २७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।

प्रकाशित मिति: २०२३-०५-०८ , समय : २०:२५:४५ , १ वर्ष अगाडि