कपिलबस्तुको कृष्णनगरबाट लागु औषध सहित दुई जना पक्राउ

अजय मिश्रा , १९५  पटक हेरिएको

कपिलवस्तु, बैशाख २६

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेटबाट दुइ जनालाई नियन्त्रणमा लिएको छ । आज बिहान कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नंम्बर ०२ यात्रुगेटबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका दुई जनालाई प्रहरीले चरेस सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ साबिक खनियाबास गा.बि.स. वडा नं ५ बस्ने वर्ष ४९ की संगिता तामाङ र धादिङ साबिक सत्यवती गा.बि.स. वडा नंम्बर १ बस्ने वर्ष ५९ की सेती तामाङलाई रोकेर सोधपुछ गर्दा शंका लागि रितपुर्वक निजहरुको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ९चरेश० जस्तो देखिने र गन्ध आउने हल्का गिलो अवस्थामा रहेको कालो पदार्थ फेला परेको हो । प्रहरीका अनुसार डिजिटल मापन यन्त्रमा तौल गर्दा संगिता तामाङको साथबाट १० किलो चरेस जस्तो देखिने कालो पदार्थ फेला परेकोले दुबै जनालाई पक्राउ गरी थप अनुसंधान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : १९:१५:४३ , १० महिना अगाडि