श्रीमतीको हत्या गरी फरार भएका बि.क काठमाण्डौबाट पक्राउ

प्रिन्स मिश्रा , ६०५  पटक हेरिएको

कपिलवस्तु, जेठ ६

श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ ।गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए । केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाको निर्माणाधीन रिफ्रेश सेन्टरको सेफ्टी ट्याङ्कीमा शव फालेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका विकलाई कपिलवस्तुमा ल्याइएको छ । उनी रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम स्थायी बासिन्दा हुन । केशुको शव फागुन २० गते सडेगलेको अवस्थामा फेला परेको थियो । हत्यापछि छोराछोरी लिएर गर्भे विक फरार रहेको प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०५-२० , समय : २०:२३:२५ , १ वर्ष अगाडि